June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

चालु आर्थिक वर्षको चौमासमा ४ खर्ब २ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात

चालु आर्थिक वर्षको चौमासमा ४ खर्ब २ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात

मंसिर ५, काठमाडौं ।
चालु आर्थिक वर्षको चौमासमा ४ खर्ब २ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षकोे सोही अवधी तुलनामा यस वर्षको चौमासमा वस्तु आयात १० प्रतिशतले घटेको भन्सार कार्यलले जनाएको छ ।

गत आर्थिक वर्षको पहिलो ४ महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको थियो । यस वर्ष कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीपछि वैदेशिक व्यापार निरन्तर रूपमा ओरालो लागेकोले आयत घटेको हो । कोरोना प्रभाव यथावत् रहे पनि केही सहज भएको जनजीवन, दसैं तिहारलगायत चाडपर्वले विदेशी वस्तु खपत बढाएको छ । नेपालमा असोज मसान्तसम्ममा २ खर्ब ९२ अर्ब ९६ करोड आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले आएको कमी हो ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ३ खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँको आयात भएको थियो । कात्तिक महिनामा मात्र १ खर्ब १० अर्ब २१ करोडको वस्तु आयात भएको देखिन्छ । यो महिनाको आयात गत वर्षको यस अवधिको भन्दा ४.४५ प्रतिशतले कम हो । त्यस्तै यस अवधिमा निर्यात १० दशमलव ८१ प्रतिशतले बढेको छ् भने भन्सार राजस्व भने ० दशमलव ५८ प्रतिशतले घटेको छ । गत वर्षको कात्तिकसम्म ३६ अर्ब २७ करोडको वस्तु निर्यात भएको थियो ।

यस वर्षको कात्तिकसम्म बढेर ४० अर्ब २० करोडको वस्तु निर्यात भएको छ । विभागको तथ्यांकअनुसार आयात कम हुँदा भन्सार राजस्व घटेको हो । अघिल्लो वर्ष १ खर्ब २२ अर्ब ९७ करोड भन्सार राजस्व संकलन भएकोमा यस वर्षको पहिलो ४ महिना १ खर्ब २२ अर्ब २५ करोड मात्रै संकलन भएको छ । त्यस्तै चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म नेपालको व्यापारघाटा ३ खर्ब ६२ अर्बमा झरेको छ । गत वर्षको यस अवधिमा ४ खर्ब १४ अर्बको व्यापार घाटा भएको थियो । कुल व्यापारमा निर्यातको मात्रामा न्यून बृद्धि र आयातको परिमाणमा उल्लेख्य बृद्धिले गर्दा नेपालको निकै ठूलो परिणाममा व्यापार घाटा सहनु परेको छ ।