June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सेञ्चुरी बैंकद्वारा अनलाइन एकाउन्ट सेवा सुरु

सेञ्चुरी बैंकद्वारा अनलाइन एकाउन्ट सेवा सुरु

०५ मंसिर, काठमाण्डौ ।


सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयास स्वरुप ग्राहकहरुको सेवालाई ध्यानमा राखी अनलाइन एकाउन्ट सेवा सुरm गरेको छ । बैंकले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको हो ।
ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५०५ को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने छ ।

बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुदाँ डिजिटल बैंकिङलाई प्राथमिकता दिदैं उक्त बचत खाताहरुमा प्रबर्धनको निम्ति बढि ब्याजदर दिइएको हो ।
सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेञ्चुरी पे मार्फत वालेटको कारोबार समेत गर्न सकिनेछ ।
यस नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन ५ हजार बराबर क्यासलेस कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक एक लाखसम्म कारोवार गर्न सकिनेछ । सेञ्चुरी क्लीक एकाउन्ट मा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक रु. १५,००,००० सम्म कारोवार समेत गर्न सकिनेछ ।
विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको हो ।