June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

आज एकैदिन थप २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु

आज एकैदिन थप २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु

०५ मंसिर, काठमाण्डौ ।


आज शुक्रबार मात्रै थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट १ हजार २९८ जनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार थप १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ जना पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार २४ हजार ६६५ कोरोनाका सक्रिय संक्रमित छन्। २४ हजार ६६५ जना आइसोलेसनमा र ७५३ जना क्वारेन्टाइनमा छन्।
त्यस्तै, विगत २४ घण्टामा ५ हजार ३६४ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ।