June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

विगत २४ घण्टायता थप ५३ सय ६४ जना कोरोनामुक्त, १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि

विगत २४ घण्टायता थप ५३ सय ६४ जना कोरोनामुक्त, १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि

०५ मंसिर, काठमाण्डौ ।


नेपालमा बितेको २४ घण्टामा थप ५३ सय ६४ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रवार थप १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ३ सय ४० जनाको पीसीआर परीक्षण गर्दा ७ सय ४० महिला र १ हजार २ सय ५ जना पुरुष गरी १९४५ जना संक्रमित भएका हुन् ।


हालसम्म १६ लाख ४२ हजार ८९९ वटा पीसीआर नमूना परीक्षण गरिएको छ।यस्तै मन्त्रालयका अनुसार २४ हजार ६६५ कोरोनाका सक्रिय संक्रमित छन्। २४ हजार ६६५ जना आइसोलेसनमा र ७५३ जना क्वारेन्टाइनमा छन्।


त्यस्तै, आज शुक्रबार मात्रै थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट १ हजार २९८ जनाको मृत्यु पुष्टि भएको छ ।