June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन ७८ वर्षमा प्रवेश, सबैभन्दा पाको राष्ट्रपति बन्दै

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन ७८ वर्षमा प्रवेश, सबैभन्दा पाको राष्ट्रपति बन्दै

०५ मंसिर, काठमाण्डौ


अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनक शुक्रबारदेखि ७८ बर्षमा प्रवेश गरेका छन् । अमेरिकाको इतिहासमा उनि अहिलेसम्मकै सबैभन्दा पाको राष्ट्रपति हुने जनाईएको छ ।


अहिलेसम्म सबैभन्दा जेष्ठ राष्ट्रपति मानिदै आएका राष्ट्रपति रोनाल्ड रेगन यसअघि सन् १९८९ मा ह्वाइट हाउसमा सपथ ग्रहण गरेका बेला ७७ बर्ष ३४९ दिनका थिए । उमेरको हिसाबले बाइडेन बृद्ध भएपनि अहिलेको संकटपूर्ण अवस्थालाई व्यवस्थापन गर्न सक्ने अवस्थामा नै उनी रहेको र उनको परिपक्वताले थप सहयोग गर्ने राजनीतिशास्त्रीहरुले बताएका छन् ।

बाइडेन यसअघि सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा राष्ट्रपति भएको बेला उपराष्ट्रपति थिए । त्यसअघि बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म निरन्तर सिनेटर भएका थिए । उनी सन् १९८८ मा पनि राष्ट्रपतिका लागि प्रत्यासीका रुपमा उभिएका थिए ।