June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

काठमाडौं उपत्यकामा थप ११ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ११ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

मंसिर ५, काठमाडौं ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११ सय ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये महिला ४ सय ८४ र पुरुष ६ सय २३ जना रहेका छन् । संक्रमित थपिएकामा काठमाडौंका ८ सय ६२, भक्तपुर ७१ र ललितपुरमा १ सय ७४ जना छन ।

मन्त्रालयका अनुसार हाल उपत्यकाका जिल्लाहरू काठमाडौंमा ९ हजार ६ सय ८१ जना, भक्तपुरमा ७ सय ८३ जना र ललितपुरमा २२ सय २८ जना सक्रिय संक्रमितहरू रहेका छन् । त्यस्तै हाल सम्म सक्रमित भएकामध्ये काठमाडौंबाट ७१ हजार ५ सय ९१, भक्तपुरबाट ६ हजार ४ सय ७० र ललितपुरबाट ९ अजार ३ सय ६१ जना संक्रमित निको भएका छन् ।