June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

आज विश्व टेलिभिजन दिवस: प्रविधिको विकाससँगै २५ बढि नेपाली च्यानल प्रसारण हुँदै

आज विश्व टेलिभिजन दिवस: प्रविधिको विकाससँगै २५ बढि नेपाली च्यानल प्रसारण हुँदै

काठमाण्डौ – आज विश्व टेलिभिजन दिवस ः सन् १९९६ को १७ डिसेम्बरमा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेपछि सो दिनलाई टेलिभिजन दिवसका रुपमा मानिएको हो । १८८८ अक्टूबर १३ का दिन हेलन्सवर्गमा जन्मिएका जन लागी बयर्डले १९२५ मा लण्डनमा टेलिभिजनको अवष्कार गरेका हुन् ।
सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ तारिखदेखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ । सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भएको हो ।
सन् १९७० को दशकमा विश्वका ६० वटा देशमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेट भित्रिएको पाइन्छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपाली टिभी च्यानलहरु आजका दिनसम्म २५ भन्दा बढि छन् । स्थानीय च्यानलहरु कत्ति हो कति, हेरि साध्य छैन् । भरपर्दो सुचना र मनोरञ्जनको टिभी सहयात्रीको छनौट दर्शकको हातमा छ ।