June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

एडीबीले दिने भयो अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिबृद्धिका लागि १७ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण

एडीबीले दिने भयो अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिबृद्धिका लागि १७ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिबृद्धिका लागि सहुलियतपूर्ण ऋण दिने भएको छ । एडिबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका लागि १७ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको हो ।

मनिलास्थित बैंकको प्रधान कार्यालयको अनुसार बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋण प्रदान गर्न स्वीकृति दिएको वीवीसीले जनाएको छ । त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले हो ।


एडिबीले विश्वब्यापी कोरोना संक्रमणका थलिएको पर्यटन क्षेत्र र त्यस्ले पारेको प्रभावसँग जुध्न उत्त रकम दिने भएको हो । एसियाका तार मानिने गौतमबुद्ध विभान स्थलमा लगानी गर्दा नेपालमा धार्मिक पर्यटनको आगमन बढने र आर्थिक सुधान हुने विश्वास गरिएको छ । त्यस्तै त्रिभुवन विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवं त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास लिइएको छ ।