June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

महासंघमा चुनाबी लफडाः निर्वाचन अधिकृत कर्णले नै लेखे तीन उम्मेदवार विरुद्ध ‘नोट अफ डिसेन्ट’

महासंघमा चुनाबी लफडाः निर्वाचन अधिकृत कर्णले नै लेखे तीन उम्मेदवार विरुद्ध ‘नोट अफ डिसेन्ट’

काठमाडौं ।
नेपाल उद्योग बणिज्य महासंघको निर्धारित चुनाब आउँन अव एक हप्ता मात्र बाँकी छ । साधारण सभा यही मंसिर ११ गतेबाट ३ दिनसम्म काठमाडौंमा चल्ने छ । चैत २८ र २९ गतेका लागि तय भएको महाधिवेशन कोरोनाका कारण पटक–पटक स्थगित हुँदै मंसिरमा पुगेको हो । चुनाबी समय नजिकिदै गदाँ चुनबलाई लक्ष्ति गरेर अव महासंघमा कस्को पल्लाभारी सो को चर्चा बढी हुन थालेको छ ।

कुन उमेद्धवारलाई कसको समर्थन, कुन उमेद्धवारले के सपना बाँढे, कसले कहाँ के भाषण गरे ? यस्तै चर्चा भएको सयम महासंघको निर्वाचन अधिकृत रमणकुमार कर्णले निर्वाचनमा उम्मेद्धार बनेका तीन जनाको उम्मेद्धारी खारेज हुनुपर्ने भन्दै ’नोट अफ डिसेन्ट’ लेखेपछि नयाँ विवाद सुरु भएको हो । कर्णले उम्मेदवारी रद्द हुनुपर्ने भन्दै नोट अफ डिसेन्ट परेका उमेशलाल श्रेष्ठ दीपक दाहाल राजकुमार न्यौपाने छन् । उनीहरुले महासंघको विद्यान विपरित चुनाबमा सहभागि भएको भन्दै कर्णले विरोध जनाएका हुन् । यसमध्ये श्रेष्ठ चन्द्र ढकाल प्यानलबाट महासंघको वस्तुगत संघको उपाध्यक्षमा उठेका छन् । ती बाहेक दाहाल र न्यौपाने केन्द्रीय सदस्यको उम्मेदवार हुन् ।

कर्णका अनुसार महासंघमा एउटै संघबाट दुईजनाले निर्वाचनमा उम्मेदवारी दिन मिल्दैन । तर, महासंघको विद्यान विपरित औषधि उत्पादक संघबाट उमेशलाल श्रेष्ठ र दीपक दाहालले उम्मेदवारी दिएका छन् । यस्तै, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले पनि उम्मेदवारी दिन अयोग्य रहेको कर्णको भनाई छ ।


महासंघको विद्यानमा कुनै संघको एक कार्यकाल पूरा गरेको हुनुपर्छ । सदस्य संघ तदर्थसँग जुन संघको नेतृत्व गरिन्छ । उक्त संघको एक कार्याकाल पूरा गर्नुपर्ने व्यवस्था न्यौपानेले पूरा गरेका छैनन् । कर्णका अनुसार विधानको ‘४६(३) उ’मा उद्योग वाणिज्य संघ समूह, वस्तुगत संघ समूह र द्वीराष्ट्रिय संघ समूहबाट आफूले प्रतिनिधित्व गर्ने संघको पदाधिकारी भई एक कार्यकाल पूरा गर्नुपर्ने उल्लेख छ ।

यसअघि प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले निर्वाचन रोक्न माग गर्दै मङ्सिर ४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । उद्योग वाणिज्य महासंघ प्रदेश–२ का अध्यक्ष शिवशंकर साहले बिहीबार कठमाडौं प्रशासनमा निवेदन दिदै महासंघको सधारण सभा स्थगितको माग गरेका हुन् । यही मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुने तय भएको महासंघको ५४औं साधरणसभा स्थगित गर्न माग गर्दे निवेदन परेको हो । महासंघको निर्वाचन स्थगित गर्न दिएको निवेदनमा गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सचिवलालयलाई समेत बोधार्थ दिइएको थियो । संस्थाको विधान र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन गर्न लागिएको भन्दै त्यसलाई रोक्न माग गर्दै निवेदन दिएका थिए ।


महासंघको ५४ औं साधारण सभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् । गोल्छा ५१ औंं साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । सोही अनुरुप ५४ औं साधारणसभामा वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्ति बीचमा कुनै विधान संशोधन नभएको अवस्थामा ५७ औं साधारण सभाबाट स्वतः अध्यक्ष हुने छन । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएका कारण अहिले वरिष्ठ उपाध्यक्षका लागि व्यवसायीहरु २ समूहमा निर्वाचनको मैदानमा उत्रिएका छन ।

महासंघको साधारणसभाले एक वरिष्ठ उपाध्यक्ष, एक एसोसिएट उपाध्यक्ष, एक वस्तुगत उपाध्यक्ष, एक जिल्ला नगर उपाध्यक्ष र ६० जना कार्यकारी सदस्य निर्वाचित गर्ने छ । ५४ औं साधारण सभाबाट चयन हुने पदाधिकारी तथा सदस्यको विवरण –

अध्यक्षः वर्तमान वरिष्ठ उपाध्यक्ष (शेखर गोल्छा) स्वतः अध्यक्ष

वरिष्ठ उपाध्यक्षः १ जना
उपाध्यक्ष–३ जना (जिल्ला नगर १, वस्तुगत १ र एसोसिएटबाट १)
कार्यकारिणी सदस्यः ६० जना
–महासंघको प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ जना
–उद्योग वाणिज्य संघको तर्फबाट–१८ जना
–वस्तुगत संघबाट–१४ जना
–एसोसिएट संघबाट –१९ जना
– द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट–१ जना
–महासंघको संस्थापकहरुबाट–१ जना


प्रतिस्पर्धामा को–को?
महासंघको ५४ औं साधारण सभाका लागि पदाधिकारीमा समूह बने पनि सदस्यका लागि भने समूह स्पष्ट खुलिसकेको छैन । तर पनि महासंघको चुनाबमा यतिखेरको प्रतिष्ठा भनेको बरिष्ट उपाध्यक्षको हो ।

महासंघको निर्वाचनमा कुल मतदान गर्न पाउने संघसंस्थाको संख्या ११४३ रहेको छ । जसमा जिल्ला नगरतर्फ १ सय ७ संघ, वस्तुगत तर्फ १ सय १, एसोसिएट तर्फ ९ सय २३ र द्विराष्ट्रियतर्फ १२ संघका प्रतिनिधि रहनेछन् । महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि सबै संघ संस्थाका प्रतिनिधिले भोट दिन पाउने छन । अन्य पदका लागि भने सोहीतर्फका प्रतिनिधिले मात्रै भोट दिने पाउने छन् ।

साथै महासंघको निर्वाचनमा जिल्ला नगरतर्फको मतलाई कुल मतको ५० प्रतिशत, वस्तुगततर्फको मतलाई २० र एसोसिएटतर्फको मतलाई ३० प्रतिशत मतभार कायम गरिएको छ । जसले सबैतर्फबाट गरी ५१ प्रतिशत मत पाउछन्, उनै वरिष्ठ उपाध्यक्षमा विजयी हुन्छन् ।
अध्यक्ष–शेखर गोल्छा (स्वत अध्यक्ष)
निर्वाचन हुने
वरिष्ठ उपाध्यक्ष– किशोर प्रधान र चन्द्र ढकाल (एक जना)
एसोसिएट उपाध्यक्ष– सौरभ ज्योति र रामचन्द्र संघाई (एक जना)
वस्तुगत उपाध्यक्ष– अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ (एक जना)
जिल्ला नगर उपाध्यक्ष– दिनेश श्रेष्ठ र गुणनिधि तिवारी (एक जना)