June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

काठमाडौँ महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने

काठमाडौँ महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने

काठमाडौँ महानगरपालिकाले भोलि (आइतबार) देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ । शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै मेयर शाक्यले भोलिदेखि पुनः स्वब संकलनको कार्य सुचारु गर्न लागिएको बताएका हुन् ।

शाक्यले नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरि सुचारु गर्न लागिएको बताएका हुन् । यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उनले बताए ।

काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक टे«सिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेस्ट गर्न मेयर शाक्यले आग्रह गरे । अहिले बजारमा देखिएको भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सुझाव दिइसकेको र सरकारको निर्णय अनुसार हुने गरिने शाक्यको भनाई छ ।