June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

थप ७ जना कोरोना संक्रमितको मृत्यु, १ हजार ६७४ संक्रमित

थप ७ जना कोरोना संक्रमितको मृत्यु, १ हजार ६७४ संक्रमित

काठमाडौं– नेपालमा शनिबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६७४ भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म नेपालमा १ लाख ९३ जहार ३२५ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा भने २ हजार ३२३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ । हाल क्वारेन्टाइनमा ७५७ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये २४ हजार ९ जना सक्रिय संक्रमित छन् । नेपालमा हालसम्म १६ लाख ५२ हजार ४३ जनाको पिसिआर परीक्षण भएको छ ।