June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

शिवम् सिमेन्ट उद्योगमा आगलागी हुँदा झण्डै ५० लाख रुपियाँको क्षति

शिवम् सिमेन्ट उद्योगमा आगलागी हुँदा झण्डै ५० लाख रुपियाँको क्षति

मकवानपुर । शिवम् सिमेन्ट उद्योगमा आगलागी हुँदा ५० लाख रुपियाँको क्षति भएको छ । हेटौँडा उपमहानगरपालिका–१६ मा रहेको उद्योगको कारखानाको कोइला च्याम्बरमा शनिबार बिहान लागलागी भएको हो ।


विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आगलागी प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएकोले ठूलो क्षति हुन पाएन् ।


रानाले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए । शिवमले शिखर इन्सुरेन्समा विमा गराएकाले क्षतिको ठूलो हिस्सा शिखर इन्स्योरेन्सले व्यहोर्ने छ ।