June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

कोरोनाले टुट्यो नेपाल र चीनबीच रेलसेवा सञ्चालन वार्ता

कोरोनाले टुट्यो नेपाल र चीनबीच रेलसेवा सञ्चालन वार्ता

काठमाडौं– चीन र नेपाल बीच रेलसेवा संचालन गर्ने कुरा एकताका निर्को जोडतोडका साथ चलेको थियो । केरुङ रेलसेवा सञ्चालनका लागि नेपाल र चीनबीचको छलफल ५ बटा दुई पक्षीय वार्ता समेत भए । दुबै पक्ष नेपालसम्म रेलसेवा संचालनको लागि सकारात्मक थिए । नेपालमा ३ र चीनमा २ वार्ता भएर रेल ल्याउने तयारी चलेको थियो । अन्योलमा परेको छ । बिभिन्न चरणमा दुई पक्षबीच ५ वटा वार्ता भएपनि कोरोना माहामारीका कारण दुई देशीय संवाद ठप्प बनेको हो । कोरोनाका कारण न त रेलको ल्याउँने वर्ता नै भयो न त कहीले हुने भन्ने निश्चित नै भयो । पूर्वनिर्धारित तालिका अनुसार छैठौं वार्ता बेईजिङमा जुनमै हुनुपर्ने थियो । माहामारीको चरम समस्या आएपछि रेल विभाग र चीनको नेशनल रेल्वे अथोरिटीबीचको औपचारिक संवाद टुटेको छ ।


विभागका अनुसार व्यक्तिगत रुपमा नियमित सम्पर्क भएपनि तत्काल औपचारिक वार्ताको सम्भावना न्यून देखिएको छ । पछिल्ला वार्ता प्राविधिक रुपमा केन्द्रित भएपनि वार्ता नै रोकिएपछि अन्य प्रक्रियागत काम समेत प्रभावित भएका छन् । अझ नेपालबाट वार्ताको पहल गर्न विभागका महानिर्देशक बलराम मिश्र नै सेवा निबृत्त भैसकेका छन् ।


नेपालमा रेल ल्याउँने कार्यकाले लागि केरुङ–काठमाडौं मार्गलाई पोखरासम्म बिस्तार गर्ने विभागको तयारी थियो । झण्डै १ सय ७१ किलोमिटरको मार्गका लागि पनि दुई मुलुकबीचको छलफल चलिरहेको थियो । छलफलको समय नै विश्वब्यापी कोरोना संक्रमणका कारण रेल सेवाको वर्तानै ठप्पा भएको हो ।सैबीच, जनकपुर जयनगर रुटमा सञ्चालन गर्ने रेल नेपालको सिमा नजिक पार्किङमा राखिएको विभागले जनाएको छ । भारतमा निर्माण गरी केही समय अघि नै नेपालका लागि आएका दुबै रेल नेपालको सीमानजिक हाजीपुरमा पाल ओडाएर पार्किङ गरिराखिएको हो ।


नेपालको सिमाबाट झण्डै ३ घण्टाको दुरीमा रहेको प्लेटफार्ममा दुवै रेल पार्किङ गरिएको छ । रेलसेवा सञ्चालनका लागि आवश्यक प्राविधिकको व्यवस्थापनपछि मात्र ती रेललाई नेपाल ल्याईने विभागले जनाएको छ ।


तत्काल प्राबिधिक कर्मचारी नियुक्ति गर्ने सम्भावना न्यून देखिएपछि विभागले भारतबाट कर्मचारी झिकाउने तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ । अथोरिटीले सो परियोजनाको प्रारम्भीक अध्ययन प्रतिवेदन गत मंसिर २४ गते नेपाल सरकारलाई बुझाईसकेको छ । ८० किलोमिटर लामो मार्ग ९ बर्षमा सक्ने अध्ययनमा उल्लेख गरिएको छ । जसको लागत करिब ३ खर्ब रुपैयाँमा निमार्ण हुदै छ । फोटोः संकेतिक