June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

’यति माउन्टेन होम’मा आगलागी, किचेन र डाइनिङमा क्षति

’यति माउन्टेन होम’मा आगलागी, किचेन र डाइनिङमा क्षति

०७ मंसिर, काठमाण्डौ ।


सगरमाथा आधार शिविरमा रहेको यति माउन्टेन होम्समा आगलागी भएको छ । आज बिहान ८ बजेतिर भएको आगलागी अहिले भने नियन्त्रणमा आइसकेको छ ।
विद्युत सर्ट भएर भएको आगलागीका कारण होटेलको किचेन र डाइनिङ हलमा क्षति पुगेको छ ।
यो रिसोर्ट यति समूहबाट संचालित छ । स्वर्गीय आङ्छिरिङ शेर्पाले नाम्चे र लुक्लाको बीचमा पर्ने फाक्दिङमा यो रिसोर्ट सुरु गरेका हुन्।