June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नेप्सेको इतिहासमै नयाँ रेकर्डः एकैदिन करिब ७ अर्बको सेयर कारोबार

नेप्सेको इतिहासमै नयाँ रेकर्डः एकैदिन करिब ७ अर्बको सेयर कारोबार

०७ मंसिर, काठमाण्डौ ।


आइतबार नेपालको सेयर बजारमा करिब ७ अर्बको सेयर कारोबार भएको छ । यो नेपाल स्टक एक्चेञ्ज (नेप्से) को इतिहासमै यति धेरै कारोबार भएको नयाँ रेकर्ड हो । गत बिहीबार नेप्सेमा ६ अर्ब ११ करोड ६७ लाखको कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ४.६९ अंकले बढेको हो । ०.२६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १७८२.८१ अंकमा उक्लिएको छ ।

नेप्सेका अनुसार आज ६ अर्ब ९० करोड ६७ लाख बढीको कारोबार भएको हो । आज नेप्से ४.६९ अंकले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ विन्दुमा पुगेकोे छ । कारोबारको पहिलो दिन आज २०१ कम्पनीका १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ५७ करोड ९१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसअघि बिहीबार १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता सेयर किनबेच भएको थियो ।