June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

अपि पावर कम्पनीले वार्षिक साधारण सभा सोमवार गर्दै

अपि पावर कम्पनीले वार्षिक साधारण सभा सोमवार गर्दै

०७ मंसिर, काठमाण्डौ ।


अपि पावर कम्पनी लिमिटेडले साधारण सभा सोमवार गर्दैछ । सभा कम्पनीको प्रधान कार्यालय थापाथलीमा बिहान ११ बजे हुने कम्पनीले जनाएकोे छ ।
कोरोनाका कारण सभा भर्चुअल माध्यमबाट हुनेछ ।
अपिले आर्थिक वर्ष २०७५ र ७६ को १६ औं र २०७६ र ७७ को १७ औं वार्षिक साधारण सभा संयुक्त रूपमा बोलाएको जानकारी दिएको छ ।
साधारण सभाले आव २०७५ र ७६ को मुनाफाबाट ५ प्रतिशत र आव २०७६ र ७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४७ प्रतिशत नगद लाभाश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । प्रस्तावित बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ८६ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।
आर्थिक वर्ष २०७६र७७ को १७ औं वार्षिक साधारण सभाका लागि अपिले मंसिर १ गतेदेखि ७ गतेसम्म बुक क्लोज गरेको थियो । मंसिर १ गतेभन्दा अघिल्लो कारोबार कात्तिक २७ गते हुने हुदाँ उक्त दिनसम्म कायम शेयरधनीहरुले त्यस वर्षको लाभांश प्राप्त गर्न सक्नेछन् ।