June 19, 2021, Saturday
५ असार २०७८, शनिबार

थप ५ हजार ६९९ जना कोरोना संक्रमणमुक्त हुँदा १ हजार ६६९ जनामा संक्रमण पुष्टि

थप ५ हजार ६९९ जना कोरोना संक्रमणमुक्त हुँदा १ हजार ६६९ जनामा संक्रमण पुष्टि

०७ मंसिर, काठमाण्डौ ।


नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ६९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यो सँगै निको हुनेको संख्या १ लाख ९९ हजार २५ पुगेको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयको विवरणअनुसार हालसम्म जम्मा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ।


पछिल्लो २४ घण्टामा ८ हजार ३२ पीसीआर परीक्षण गरिएको थियो । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको मन्त्रालयले जनाएको छ। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ६ हजार ३५१ जना छन् र होम आइसोलेसनमा १३ हजार ६१२ छन्। यस्तै क्वारेन्टाइनमा ६८६ जना रहेका छन्। आइसीयूमा ३५९ जनाको र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।