June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सबैभन्दाबढि कर तिर्ने करदाता सुर्य नेपाल, व्यक्तिगत आयकर तिर्नेमा विजय बहादुर शाहलाई सम्मान

सबैभन्दाबढि कर तिर्ने करदाता सुर्य नेपाल, व्यक्तिगत आयकर तिर्नेमा विजय बहादुर शाहलाई सम्मान

काठमाडौं, मंसिर ७ । आन्तरिक राजस्व विभागले यस वर्ष उत्कृष्ट करदाताको रुपमा विभिन्न १५ कम्पनी तथा उद्योगलाई सम्मान गरेको छ । विभागले नवौ कर दिवसको अवसरमा आईतबार सबैभन्दा बढि कर तिर्ने कम्पनीलाई सम्मान गरेको हो । विभागले कर दिवस २०७७ को अवसरमा आर्थिक वर्ष २०७६÷७७ सालमा सबैभन्दा बढि कर तिर्ने करदातालार्ई सम्मान गरेको हो ।

यस वर्ष पनि सबैभन्दा बढि कर तिर्ने करदाताका रुपमा सुर्य नेपाल प्राईभेट लिमिटेड नै सम्मनित भएको छ । यस्तै, सबैभन्दा बढि निर्यात गरि आयकर तिर्ने कम्पनीको रुपमा डाबर नेपाल, सबैभन्दा बढि आयकर तिर्ने विशेष करदाता हिमाल पावर लिमिटेड, कृषी तथा पशुपक्षिं क्षेत्रमा सबैभन्दा बढि आयकर तिर्ने करदाता अन्नपुर्ण एग्रो ईन्डष्ट्रिज, सहकारीमा सबैभन्दा बढि आयकर तिर्ने छिमेकी लघुवित्त तथा बैंक तथा वित्तिय संस्थातर्फ नविल बैंक सम्मानित भएका छन् । बिमा कम्पनीमा पुर्नबिमा कम्पनी लिमिटेड तथा शिक्षाको क्षेत्रमा मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप प्राईभेट लिमिटेड सम्मानित भएको छ ।


धेरै ब्याक्तिगत कर तिर्नेमा बिजय बहादुर शाह
यस्तै धेरै व्यक्तिगत आयकर तिर्नेमा विजय बहादुर शाह सम्मानित हुनुभएको छ । विभागले हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउँदै आएको छ । गत आर्थिक वर्षमा व्यक्तिगत आयका आधारमा सबैभन्दा बढी आयकर विजयकुमार शाहले तिरेका छन् । सरकारले नौ वर्षदेखि राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गर्दै आएकोमा नवौँ कर दिवसमा व्यक्तिगत आयकर सबैभन्दा बढी तिर्नेमा विजयकुमार शाहलाई सम्मान गरेको हो ।

यसअघि चारवटा आर्थिक वर्षमा सिद्धार्थ शमशेर जबराले सबैभन्दा बढी व्यक्तिगत आयकर तिरेका थिए । आर्थिक वर्ष २०७५÷७६ मा बुझाएको करका आधारमा मूल्याङ्कन गर्दै आन्तरिक राजस्व विभागले यस वर्ष सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिका रूपमा शाहलाई सम्मान गरेको हो । शाह जाउलाखेल डिष्टिलरीका प्रबन्ध निर्देशक हुन् ।

विप्रेषणतर्फ आइएमई रेमिट अगाडि आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजश्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल भएको हो । विप्रेषणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा आइएमईलाई यो लगातार चौथो सम्मान हो । वाणिज्य बैंकमा सबैभन्दा बढी नबिल बैंकले आयकर तिरेको छ । मध्यम स्तरको करदाताबाट सबैभन्दा बढी कामना सेवा विकास बैंकले कर तिरेको छ । बीमामा भने पुनरर्बीमा कम्पनीले सबैभन्दा बढी कर तिरेको छ ।