June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

आज सुनको मूल्य स्थिर

आज सुनको मूल्य स्थिर

०८ मंसिर, काठमाण्डौ


आज सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा आज सुन आइतबारकै मूल्यमा अर्थात् प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय तथा तेजावी सुनको मूल्य ९३ हजार ८ सय कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० कायम गरिएको महासंघले जनाएको छ ।