June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

सनराइज बैंकद्वारा ८.२८ प्रतिशत लाभांश दिने घोषणा

सनराइज बैंकद्वारा ८.२८ प्रतिशत लाभांश दिने घोषणा

०८ मंसिर, काठमाण्डौ ।


सनराइज बैंक लिमिटेडद्वारा आफ्ना सेयरधनिहरुलाई ८.२८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । भिडियो कन्फरेन्सिङ मार्फत हिजो बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६.१० रुपैयाँको कुल ८.२८ प्रतिशतले हुन आउने ७४ करोड २५ लाख ३४ हजार ७८६.९१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।
कम्पनीको हाल कायम चुक्ता पूँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४ सय ३६ रुपियाँ १० पैसा रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।