June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

अमेरिकी नागरिकहरूले पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप डिसेम्बर दोस्रो साता लगाउन पाउने

अमेरिकी नागरिकहरूले पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप डिसेम्बर दोस्रो साता लगाउन पाउने

०८ मंसिर, काठमाण्डौ ।


अमेरिकी नागरिकहरूले कोरोना भाइरस विरुद्धको खोप डिसेम्बर दोस्रो साता पहिलो पटक लगाउन पाउने भएका छन् । अमेरीकामा डिसेम्बर ११ तारिखसम्ममा कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याउने तयारी सुरु गरिएको बीबीसीले जनाएको छ ।
अमेरिकाका कोरोना खोप कार्यक्रमका प्रमुख डा मोन्सेफ स्लाओईले भ्याक्सिनले स्वीकृति पाएको २४ घन्टाभित्रै प्रभावित क्षेत्रमा खोप पु¥याइने बताएका छन् ।
अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर विकास गरेको यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी देखिएको छ। संक्रमितलाई यो भ्याक्सिन दुई डोज दिइनुपर्नेछ । प्रत्येक राज्यको जनसंख्याको हिसाबले भ्याक्सिन विस्तार गरिने फाइजरले जनाएको छ। फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड डोज खोप उत्पादन गर्ने आशा गरेको छ।
हालसम्म अमेरिकामा एक करोड २० लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् र दुई लाख ५५ हजार जनाको मृत्यु भएको छ।