June 19, 2021, Saturday
५ असार २०७८, शनिबार

“पार्टी विभाजनतर्फ जादैन” ः प्रचण्ड

“पार्टी विभाजनतर्फ जादैन” ः प्रचण्ड

०८ मंसिर, काठमाण्डौ ।


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले तयार पारेको प्रतिवेदनका कारण पार्टी विभाजनतर्फ नजाने बताएका छन् । नेकपा भित्रको विवाद आकाशिएको बेला उनले कात्तिक २८ मा आफूले पेश गरेको प्रतिवेदनले पार्टी फुटसम्म नजाने बताएका हुन् ।
पार्टिभित्र देखिएको विवाद समाधानको लागि अध्यक्ष प्रचण्डले यतिबेला नेताहरुसँगको भेटघाटलाइ तिव्रता दिएका छन् । यसैक्रममा प्रचण्डले स्थायी कमिटी सदस्यहरु हरिबोल र टोपबहादुर रायमाझीसँग पनि भेटघाट गरेका थिए । भेटघाटका क्रममा दुवै नेताहरुले पार्टी विभाजनसम्म जान नहुने बताएका स्रोतले जनाएको छ ।
प्रचण्डले आफूले तयार पारेको प्रतिवेदन नराम्रो नभएको र अर्का अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रस्तावका बारेमा पनि छलफल हुने र अघि बढ्ने प्रतिवद्धता जाहेर गरेका छन् ।