June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

साल्ट ट्रेडिङ कर्पोरेशनले ३५ प्रतिशत लाभांश दिने

साल्ट ट्रेडिङ कर्पोरेशनले ३५ प्रतिशत लाभांश दिने

०८ मंसिर, काठमाण्डौ ।


साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले साधारण सभामार्फत् ३५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनिले मंसिर ३० गतेका लागि ५३ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसहित वार्षिक साधारण सभा आव्हान गरेको हो ।
लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गतेदेखि बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।