June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

लगातार बढीरहेको सेयर कारोबारमा लाग्यो ब्रेक, कारोबार रकम ५ अर्ब नजिक

लगातार बढीरहेको सेयर कारोबारमा लाग्यो ब्रेक, कारोबार रकम ५ अर्ब नजिक

०८ मंसिर, काठमाण्डौ ।


केहीदिनयता लगातार बढीरहेको नेपाल स्टक एक्चेञ्ज (नेप्से) को कारोबारमा साताको दोस्रो दिन भने ब्रेक लागेको छ । आज २ दशमलव ३८ अंकले सेयर बजार घटेको हो ।
नेप्सेका अनुसार आज सोमबार ४ अर्ब ७६ करोड २७ लाख बढीकोे कारोबार भएको छ । आइतवार ४ दशमलव ६९ अंक बढेर १ हजार ७८२ दशमलव ८१ विन्दुमा बन्द भएको बजार सोमवार १ हजार ७८९ दशमलव ३६ विन्दुदेखि खुला भएको थियो ।
नेप्सेका अनुसार आज ०.१३ प्रतिशतले बजार घट्दा परिसूचक १७८०.४३ अंकमा ओर्लिएको छ । आज १९९ कम्पनीका १ करोड २० लाख २१ हजार ३ सय ४७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २७ लाख ४ हजार ६ सय ११ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज सर्वाधिक रकमको सेयर कारोबार गर्ने कम्पनीमा पहिलोमा नेपाल बैंक र दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । नेपाल बैंकको ३० करोड २२ लाख ७ हजार ४ सय ६३ रुपियाँ बराबरको सेयर किनबेच भएको छ । विगत लामो समयदेखि निरन्तर सर्वाधिक रकमको कारोबार गर्दै आएको नेपाल पुनर्बीमा कम्पनीलाई सोमवार भने नेपाल बैंकले उछिनेको हो ।