June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाउँनेको नामाबली सार्वजनिक, पाउँनेको नामाबली यस्तो

राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाउँनेको नामाबली सार्वजनिक, पाउँनेको नामाबली यस्तो

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिँदै आएको राष्ट्रिय युवा प्रतिभा पुरस्कार यसपाली १३ प्रतिभा तथा संस्थालाई दिइने भएको छ । मन्त्रालयले सबैको नाम सार्वजनिक गरेको हो ।
पुरस्कृत हुनेहरूमा बागमती प्रदेशकी देविका बुढाथोकी, बागमती प्रदेशबाटै लुनिभा बाल सरोकार समूह, बागमती प्रदेशका महेशप्रकाश हाडा, प्रकृति मैनाली, सरिता श्रेष्ठ भट्टराई, र मञ्जु खाँड रहेका छन् ।


कर्णाली प्रदेशका टक्कबहादुर नेपाली, प्रदेश–१ को तर्फबाट राउत एण्ड सन्स बहुद्देश्यीय कृषि तथा पशुपालन प्रालि, प्रदेश–२ का अश्विनीकान्त झा, गण्डकी प्रदेशका सुनिता क्षेत्री, सुदूरपश्चिम प्रदेशका धिरेन्द्र चन्द, कर्णाली प्रदेशकी रचना सुनार र सजना सुनार रहेका छन् ।