June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ९४ लाख, १४ लाखको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ९४ लाख, १४ लाखको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । विश्वमा संक्रमितको संख्या ५ करोड ९४ लाख नाघेको छ भने १४ लाखभन्दा बढीको मृत्यु भएको छ ।

वल्ड्रोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड ९४ लाख ९५ हजार ५७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १४ लाख १ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ४ करोड ११ लाख ३९ हजार २१८ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा २ लाख ६३ हजार ६३९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड २७ लाख ७० हजार ८४८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ६५ हजार ७७७ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ९२२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट १ लाख ३४ हजार २५१ जनको मृत्यु भएको छ । ब्राजिलमा संक्रमितको संख्या ६० लाख ८८ हजार ४ पुगेको छ ।