June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

गलत रिपोर्ट लिएर कोरोना बीमा दाबी गर्नेक्रम बढ्दोः १५ प्रतिशत भुक्तानी शंंकाको घेरामा

गलत रिपोर्ट लिएर कोरोना बीमा दाबी गर्नेक्रम बढ्दोः १५ प्रतिशत भुक्तानी शंंकाको घेरामा

काठमाडौं, ९ मंसिर ।


कोरोना भाइरसको संक्रमण तीव्र बन्दै जाँदा कोरोना बीमाविरुद्धको बीमा दावी गर्ने बढेर गएका छन् । विमा समिति स्रोतका अनुसार अनौपचारिक तथ्याङ्क अनुसार कोरोना बीमाको दावी गर्नेको संख्या २५ हजारको हाराहारीमा छ । बीमा समिति लगायतका सस्थासँग यतिनै भनेर यकिन तथ्याडक नभएपनि २५ हजार माथिको संख्यामा बीमा दाबीको फायल संक्रलन भएको समिति स्रोतको दाबी ।


उनका अनुसार झण्डै १० हजार फाइल वीमा भुक्तानीको लागि लाईनमा छन् भने अनौपचारिक तथ्याङ्क अनुसार दावी भुक्तानी दुई अर्ब नाघिसकेको छ । दाबी भुक्तानी बढदै जाँदा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले संक्रमितको नाम रुजु गर्न थालेको छ । महाशाखाले वरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी रुजु गर्न सुुरुआत गरेको हो । बीमा समितिसँग समन्वय गरेर इडिसिडीले रुजु गरिरहेको उनले जानकारी दिए ।


उनका अनुसार अहिलेसम्म झण्डै ६ जना कोभिड–१९ संक्रमित व्यक्तिको बीमाका लागि रुजु गरिसकेको छ । रुजु गर्ने क्रममा १५ प्रतिशतको विवरण नमिलेको पाइएको छ । समितिले इडिसिडीमा प्राप्त विवरण र प्रयोगशालाले पठाएको विवरणबीच रुजु गरिरहेको छ । समितिले रुजु गरिसकेपछि मात्र बीमाबापतको रकम पाउनेछन् । उक्त समितिले नाम, उमेर र ठेगाना रुजु गर्ने गर्दछ ।


बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले गलत रिपोर्ट लिएर बीमा दाबी गर्न थालेपछि रुजु गर्न थालिएको बताए । उनका अनुसार अहिलेसम्म करिब २५ हजार जनाले बीमा दाबी गरेको आनौपचारिक आँकडा भएको र ती सबैको रुजु गरिन थालेको बताए । बीमा समितिले २०७७ बैशाख ७ गतेदेखि जारी गरेको कोरोना बीमा पोलिसी पछिल्लो पटक विवादमा छ । महामारीको बीमा नहुने सिद्धान्त विपरित नेपालमा भने जनतालाई राहत दिने कोरोना बीमा गरिएको हो । बीमा कम्पनीहरुमा कोरोना बीमाको दावी भुक्तानी बक्यौता ८० करोड भन्दा बढि छ ।


बीमा पुलमार्फत बीमा समितिमा प्राप्त भएको विवरण अनुसार कोरोना बीमाको दावी एक अर्ब नाघेको भएपनि अनौपचारिक रुपमा संकलन गरिएको तथ्याङ्कमा दुई अब भन्दा बढिको कोरोना बीमा दावी बीमा कम्पनीहरुमार्फत बीमा पुलमा पुगेको छ । नेपाल सरकारले सबै सरकारी कर्मचारीको कोरोना बीमा गर्ने र कोरोना बीमाको आर्थिक राज्य कोषबाट बीमा शुल्क बुझाउने चालु आबको बजेटमै व्यवस्था गरेका कारण छ लाख भन्दा बढि कर्मचारीहरुको कोरोना बीमा गरिएको छ ।


त्यस्तै, कोरोना महामारीविरुद्धको मोर्चामा फ्रन्टलाइनमा खटिएका ११ हजार आठ सय ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको आँकडा छ । सरकारी कर्मचारीको स्वतह सरकारले नै कोरोना बीमा गरिदिएका कारण उनीहरु सबैले बीमाको दाबी गरेका छन् । यसरी दाबी गर्नेमा प्रहरीका ६ हजार १४ जनालाई संक्रमित छन् । त्यस्तै, नेपाली सेनाका ४ हजार १ सय ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । भने यस्तै सशस्त्र प्रहरी बलका एक हजार छ सय ९१ जनालाई कोरोना संक्रमण भएको छ ।


बीमा भुक्तानी गर्नेमा झण्डै दुई हजार कर्मचारी रहेका छन् । कर्मचराीको पनि सुरक्षा निकाय कै शैलीमा कोरोना बीमा गर्ने भएकाले गर्दा उनीहरुले समेत बिमाको लागि दाबी गरेका हुन् ।
सरकारी बाहेक पब्लिक कम्पनी देखि निजी क्षेत्रका झण्डै ५ हजारले कोरोना बीमाको दाबी गरेका छन् । यसरी दाबी गर्नेमा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु करिब पाँच हजारको संख्यामा कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।