June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संकमित पुरूषको मृत्यु

चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संकमित पुरूषको मृत्यु

चितवन,  मंसिर । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संकमित पुरूषको मृत्यु भएको छ । मंसिर ४ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका रत्ननगर नगरपालिका–१० का ५२ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको हो ।

मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरूषको स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार उनलाई कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो । चितवनमा कोरोना संक्रमणबाट हालसम्म ८७ को मृत्यु भैसकेको छ ।