June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

एकैदिन थपिए १ हजार ७९० जना कोरोना संक्रमित, २४ जनाको मृत्यु

एकैदिन थपिए १ हजार ७९० जना कोरोना संक्रमित, २४ जनाको मृत्यु

०९ मंसिर, काठमाण्डौँ ।


एकैदिन नेपालमा १७९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।


त्यस्तै संक्रमित मध्ये दुई लाख ४ हजार ८५८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन् ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १३६१ पुगेको छ ।