June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

थप २४ जनाको कोरोनाबाट मृत्यु, १ हजार ३६१ जना नयाँ संक्रमित थपिदा २ हजार ७९१ भए निको

थप २४ जनाको कोरोनाबाट मृत्यु, १ हजार ३६१ जना नयाँ संक्रमित थपिदा २ हजार ७९१ भए निको

काठमाडौं । पछिल्लो २४ घण्टामा २४ जना नै कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २४ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।

सोही अवधीमा १ हजार ७९० कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ७९१ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । हालसम्म संक्रमित मध्ये २ लाख ४ हजार ९५८ निको भइसकेका मन्त्रालयले जनाएको छ ।