June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

शेयर बजार १८ सय अंक माथि, आजै नेप्से परिसूचक २९.६८ अंकले बृद्धि

शेयर बजार १८ सय अंक माथि, आजै नेप्से परिसूचक २९.६८ अंकले बृद्धि

०९ मंसिर, काठमाण्डौँ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले बढेर १८ सय विन्दु पार गरेको छ । नेप्से २९.६८ अंकले र सेन्सिटिभ सूचक ४.४२ अंकले बढेको हो। आज कूल १९६ वटा कम्पनीको एक करोड १७ लाख ४८ हजार ५ सय २० कित्ता सेयर खरिदबिक्री भएको हो । उक्त खरिदबिक्रीसँगै सेयर बजारमा आज करिब साढे ५ अर्ब रुपैयाँको कारोबार भएको छ। आज ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १ सय ८९ रुपियाँ बराबरको कारोबार भएको हो ।


आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहको कारोबार सूचक हरियो छ।आज निर्जीवन बीमा समूह ३२७.५१ अंक र जीवन बीमा समूह २४८.५२ अंकले बढेका छन् । आज एनआईसी एसिया बैंकको ३७ करोडको सेयर किनबेच भएको छ। यो कारोबार सूचक हरियो छ। आज एनआईसी एसिया बैंकको ३७ करोडको सेयर किनबेच भएको छ। यो आजको सर्वाधिक कारोबार हो।