June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

अञ्जन श्रेष्ठद्वारा वस्तुगत तर्फको भिजन पुस्तक सार्वजनिक

अञ्जन श्रेष्ठद्वारा वस्तुगत तर्फको भिजन पुस्तक सार्वजनिक

काठमाडौं । आसन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा शेखर गोल्छा समूहका वस्तुगत उपाध्यक्षका उम्मेद्वार अञ्जन श्रेष्ठले वस्तुगत क्षेत्रको भिजन सहितको ‘भिजन २०२०’ नामक पुस्तक सार्वजनिक गरेका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा शेखर गोल्छा समूहले ‘भिजन २०२०’ पुस्तकको सार्वजनिक गरेको हो ।


उक्त पुस्तकमा समेटिएका विषय सबै वस्तुगत संघका समस्या, अवसर र आगामी दिनमा पूरा गर्नुपर्ने विषय समेटिएका छन् । उनका अनुसार पुस्तकमा समेटिएका विषय सबै बस्तुगत संघका समस्या, अवसर र आगामी दिनमा पुरा गर्नुपर्ने विषय छनोट गरिएका छन् । बस्तुगत संघका समस्या र चुनौती छनोट गरि लिपिवद्ध गर्ने प्रयास स्वरुप दस्तावेजको रुपमा संकलन गर्न पुस्तक तयार गरेको श्रेष्ठले बताए । उक्त पुस्तकमा सबै बस्तुगत संघका समस्या, अवसर र आगामी दिनमा पुरा गर्नु पर्ने विषय छनोट गरिएको श्रेष्ठले पुस्तकको बारेमा प्रकाश पार्दे भनेका छन् ।

चेम्बर अभियानमा १६ वर्षदेखि लागेको भन्दै श्रेष्ठले आफ्नो टिम सशक्त नेतृत्व दिन सक्ने, शसक्त र प्रभावकारी रहेको दाबी गरेको छ । उपाध्यक्षमा निर्वाचित भएपछि कोभिड १९ ले अर्थतन्त्रमा पारेको असरलाई न्यूनीकरण गर्न लागि पर्ने पनि उनले बताए ।

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पुस्तकमाथि प्रकाश पार्दे वस्तुगततर्फका सबै उद्योगी व्यवसायीको भावना समेटेर लिखित रूपमा प्रतिबद्वता जनाउनु अन्जन श्रेष्ठले काम गर्छ भन्ने पनि देखाएको बताए । आगामी साधारण सभाबारे उनले आफू भए मात्रै सहमती, नत्र सहमती हुन सक्दैन भनिएका कारण सहमती हुन नसकेको बताए । सहमति नभए पनि चुनाव प्रजातान्त्रिक पद्वती भएको पनि उनले बताए । उद्योग वाणिज्य महासंघ कसैको पेवा नभएको भन्दै उनले सबै उद्योगी व्यवसायीको संस्थाको रुपमा महासंघ रहेको बताए ।