June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सुनको मूल्यमा आज पनि गिरावट, कारोवार रकम यस्तो

सुनको मूल्यमा आज पनि गिरावट, कारोवार रकम यस्तो

नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य १ हजार रुपैयाँ घटेको छ ।
मंगलबार छापावाल सुन तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।


यस्तै तेजावी सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छ । सुनको जस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार भएको हो । मंगलबार चाँदी ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।