June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

चन्द्रागिरी हिल्स लिमिटेडले मंसिर १७ गतेदेखि आईपीओ विक्री गर्ने, कस कसले दिन सक्छन् आवेदन ?

चन्द्रागिरी हिल्स लिमिटेडले मंसिर १७ गतेदेखि आईपीओ विक्री गर्ने, कस कसले दिन सक्छन् आवेदन ?

०९ मंसिर, काठमाण्डौ ।


चन्द्रागिरी केबलकारको सञ्चालक कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले मंसिर १७ गतेदेखि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर विक्री खुला गर्न लागेको हो ।
यो आईपीओमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) का स्थानियहरुले आवेदन दिन सक्नेछन् । स्थानियले न्युनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
चन्द्रागिरी हिल्सले १ सय अंकित मूल्यमा ३० करोड ६८ लाख १९ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । उक्त आईपिओमा छिटोमा पुस १ गतेसम्म र ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले स्थानीयलाई आइपीओ निष्काशन गरेपछि सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ ।पहिलो चरणमा स्थानियका लागि २ प्रतिशत सेयर जारी गर्न लागेको हो । दोस्रो चरणमा १० प्रतिशत दरको कम्पनीको कर्मचारी समेत गरी १५ लाख ३४ हजार ९१ कित्ता सेयर अन्य सर्वसाधारणमा जारी हुनेछ ।