June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सिभिल बैंकका कर्मचारीले १० जना कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने

सिभिल बैंकका कर्मचारीले १० जना कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने

०९ मंसिर, काठमाण्डौ ।


सिभिल बैंकका १० जना कर्मचारीले १० जना कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने भएका छन् । सिभिल बैंक लिमिटेडले १० वर्ष पूरा गरेको अवसरमा उनिहरुले कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने भएका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बुधबार बैंकको १०औं वार्षिकोत्सवमा बोल्दै १० जना कर्मचारीबाट प्लाज्मा दान गर्ने बताएका हुन् । यस्तै उनले टुँडीखेलमा खाना खानेलाई १० दिन निःशुल्क खाना खुवाउने पनि जानकारी दिए । कम्तिमा १० जना कोभिड १९ संक्रमितलाई बचाउन सकिन्छ भन्ने सोचले प्लाज्मा दान गर्न लागिएको उनले बताए ।
देशभर सिभिल बैंकका २ सय जना कर्मचारीहरु कोरोना संक्रमित भएका थिए । जसमध्ये एक जना सुरक्षा गार्डको निधन पनि भएको थियो ।