June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

पछिल्लो २४ घण्टामा देशभर ३ हजार १४० जना कोरोनामुक्त हुँदा १ हजार ९४८ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ३ हजार १४० जना कोरोनामुक्त हुँदा १ हजार ९४८ जना संक्रमित थपिए

१० मंसिर, काठमाण्डौ ।


पछिल्लो २४ घण्टामा देशभर ३ हजार १४० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७ हजार ९५८ पुगेको छ। त्यस्तैगरी पछिल्लो २४ घण्टामा१ हजार ९४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।


योसँगै हालसम्म संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ। नेपालमा हालसम्म १६ लाख ९० हजार ५०९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ६६९ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १६ हजार ६३९ जना सक्रिय संक्रमित छन्।
त्यस्तै, नेपालमा बुधबार थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ८९ पुगेको छ ।