June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

कोरोनाले लियो थप २८ जनाको ज्यान

कोरोनाले लियो थप २८ जनाको ज्यान

काठमाण्डौ ।

नेपालमा विगत २४ घण्टायता थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ हजार १४० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७ हजार ९५८ पुगेको छ।
त्यस्तैगरी पछिल्लो २४ घण्टामा१ हजार ९४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेकोे छ।