June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

कोरोना संक्रमणको बाबजुत अर्थतन्त्रका सूचकहरु सकारात्मकः यस्ता देखिए मुख्य सुचकहरु

कोरोना संक्रमणको बाबजुत अर्थतन्त्रका सूचकहरु सकारात्मकः यस्ता देखिए मुख्य सुचकहरु

१० मंसिर, काठमाडौं । विश्वब्यापी कोरोना संक्रमण्का कारण अर्थतन्त्रका सबै चरहरु ओरालो लागेको अनुमान गरिएको समय अर्थतन्त्रका सुचक भने सकारात्मक नै देखिएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो त्रैमासको आर्थिक तथा वित्तीय स्थितिबारे रिपोर्ट सार्वजनिक गर्दै अर्थतन्त्रका सूचकहरु धेरै सकारात्मक देखाएको छ । कोरोना महामारीकाबीच पनि अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक नै देखिएको राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले बताएका छन् । अझै कोरोना महामारी बाँकी नै रहेकाका कारण अर्थतन्त्र सवल हुन केहि समय लाग्ने भएपनि हालको वित्तीय अवस्था चिन्ताजनक भनएको केन्द्रीय बैंकको भनाई छ ।


यस अवधिमा नेपाल सरकारले गर्नुपर्ने विकास खर्च कमजोर देखिएको छ । पहिलो त्रैमासमा बजेट खर्चमा कमजोर देखिएको सरकारले राजश्व भने लक्ष्य नजिक पुग्ने देखाएको छ । केन्द्रीय बैंकको रिपोर्ट अनुसार यो त्रैमासमा संघीय सरकारको खर्च १ खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँमात्रै देखिएको छ । त्यस्तै राजस्व परिचालन १ खर्ब ७२ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।


यस अवधिमा बैंकिङ्ग कारोबारमा आधारित संघीय सरकारको कुल खर्च १७६ अर्ब ९९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १७२ अर्ब ३३ करोड रहेको थियो । नयाँ तथ्याडक अनुसार तीन महिनामा सरकारी खर्च अघिल्लो महिनाको यसै अवधिको तुलनामा १३ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार यसअवधिमा कुल सरकारी खर्च २ खर्ब १ अर्ब ७ करोड ७१ लाख रुपैयाँ भएको छ । जुन अघिल्लो आवको तुलनामा १२.९६ प्रतिशत बढी हो । तीन महिनामा पूँजिगत खर्च १५ अर्ब ६१ करोड मात्र भएको छ । यद्दपी गत आवको तुलनामा भने पूँजिगत खर्च १८.०९ प्रतिशतले बढी हो । यो अवधिमा चालु खर्च १ खर्ब ८२ अर्ब ६१ करोड रुपैयाँ भएको छ ।

गत आवको तुलनामा १६.५० प्रतिशत बढी रहेको देखाएको छ । वित्तीय व्यवस्थामा भने यस अवधिमा ३ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ । यो अघिल्लो आवको तुलनामा १८.४१ प्रतिशत बढी हो । सरकारले चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।


यस अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले वृद्धि भएको छ भने शोधनान्तर १ खर्ब १ अर्ब ९ करोडले बचतमा रहेको छ । विदेशी विनिमय सञ्चिति १२ अर्ब ५५ करोड अमेरिकी डलर रहेको कन्द्रीय बैंकले जनाएको छ ।