June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

अरुण काबेलीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

अरुण काबेलीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

११ मंसिर, काठमाण्डौ ।


अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । आज सम्म कायम सेयरधनीले मात्र अरुण कावेलीको लाभांश पाउने भएका हुन् ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १२ देखि मङ्सिर २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
कम्पनीले कुल ६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। जसमा बोनस सेयर ५.७१ प्रतिशत र ०.२९ प्रतिशत नगद लाभांश रहेका छन्।
उक्त लाभांश प्रस्ताव गर्न कम्पनीले मङ्सिर २२ गते साधारणसभा आह्वान गरेको छ ।
धितोपत्र दोस्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २७३ रुपैयाँ रहेको छ।