June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

नयाँ इतिहास रच्दै नेप्सेः बजार खुलेको ८ मिनेटमै १९१५ अंकमा

नयाँ इतिहास रच्दै नेप्सेः  बजार खुलेको ८ मिनेटमै १९१५ अंकमा

११ मंसिर, काठमाण्डौ ।


करिब चार वर्षपछि सेयर बजारले नयाँ इतिहास रचेको छ । लगातार केहीदिन यता बढिरहेको नेप्से परिसूचक अहिलेसम्मकै उच्च अंकमा पुगेको हो । परिसूचक आज बजार खुले लगत्तै १९१५ अंकमा पुगेको हो ।
यसअघि २०७३ साउन १२ गते नेप्से परिसूचक सबैभन्दा बढी १८८१.४५ बिन्दुमा पुगेको थियो।त्यसयता नेप्से उक्त उचाईमा पुग्न सकेको थिएन ।
आजपनि बैंकिङ समूह, वित्त समूह र लघुवित्त समूह बढिरहेका छन् ।