June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

सिटीजन्स बैंकको सेयर मूल्य समायोजन

सिटीजन्स बैंकको सेयर मूल्य समायोजन

११ मंसिर, काठमाण्डौ ।


सिटीजन्स बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बिहीवार सिटीजन्स बैंक इन्टरनेशनलको मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको ८ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. २३२ तोकेको छ । नेप्सेले कम्पनीको आधार मूल्य रू. २५१ लिएर मूल्य समायोजन गरेको हो ।
कम्पनीले लाभांश पारित गर्नको लागि मंसिर २० गते वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर ११ गते बुक क्लोज गरेसँगै मंसिर १० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।