June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

‘अब कसैले अनाथ भएँ भन्नुपर्दैन, त्यसको निम्ति राज्य छ र सरकार छ’ः प्रधानमन्त्री

‘अब कसैले अनाथ भएँ भन्नुपर्दैन, त्यसको निम्ति राज्य छ र सरकार छ’ः प्रधानमन्त्री


११ मंसिर, काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व नभएका गरिव, दुःखीका लागि सरकार भएकाले उनिहरुलाई अनाथ भएको आभाष नगर्न भनेका छन् । आज सामाजिक सुरक्षा दिवस शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले त्यो अनुरोध गरेका हुन् ।
देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रा र केही हदसम्म आकार लिन थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विसं २०५१ सालबाट त्यसबेलाकोे सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिकहरु, एकल महिला, असहाय र अशक्त आदिलाई समेट्ने नीति लियो र लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्तरुप पनि लिन थालेको स्मरण गर्दै त्यसले नै सामाजिक सुरक्षाको बहसलाई पनि अगाडि बढाएको बताए ।
उनले भने ‘अब कसैले अनाथ भएँ भन्नुपर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन । मेरोे रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यस निम्ति राज्य छ र सरकार छ । यो सरकार जनताको सरकार, सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिडेको सरकार, सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार, देश र जनताप्रति निष्ठा र प्र्रतिवद्धता भएको सरकार हो । यस सरकारले कसैलाई पनि एक्लो र असहाय छाड्दैन । म यस दिनको अवसरमा कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्दछु ।’