June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

‘३ खर्ब ४० अर्बको राहत प्याकेज चाहियोः शेखर गोल्छा

‘३ खर्ब ४० अर्बको राहत प्याकेज चाहियोः  शेखर गोल्छा

११ मंसिर, काठमाण्डौ ।
नेपाल उद्योेग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ३ खर्ब ४० अर्बको राहत प्याकेज आवश्यक भएको बताएका छन् । महासंघको ५४ औं साधारण सभाको समुद्घाटन समारोहमा गोल्छाले सो राहत प्याकेज आवश्यक रहेको बताएका हुन् ।
‘कोरोनाले पारेको क्षतिको आंकलन गरि तत्काल राहत प्याकेज चाहियो । उद्योग व्यवसाय पूर्ण रुपमा सञ्ँचालन भएका छैनन् । यो आर्थिक मन्दीको संकेत हो ।
कोरोना प्रभावित अर्थतन्त्रको उत्थानका लागि जीडीपीको ९ प्रतिशतको राहत कोष अर्थात ३ खर्ब ४० अर्ब खर्च गर्नुपर्ने एक अध्ययनले देखाएको छ । त्यस्तो प्याकेज बनाउन सरकारले बिशेष ध्यान दिनुपर्छ ।‘ उनले भने ।


बजेट सम्बोधन गरेको सहुलियत कर्जाको कार्यविधि चार महिना पछि आयो । अब चाँडो कर्जा दिने व्यवस्था गरिनु पर्छ । अब कृषि क्षेत्रलाई उच्च प्राथमिकता राखेर हामीले अगाडि बढ्ने प्रण गरेका छौं ।’ साधारण सभामा उनले अगाडि भने ‘कोरोनाले पारेको क्षतिको आंकलन गरि तत्काल राहत प्याकेज चाहियो । उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालन भएका छैनन् । यो आर्थिक मन्दीको संकेत हो ।


उनले थप भने, ‘कोरोना प्रभावित अर्थतन्त्रको उत्थानका लागि जीडीपीको ९ प्रतिशतको राहत कोष अर्थात ३ खर्ब ४० अर्ब खर्च गर्नुपर्ने एक अध्ययनले देखाएको छ । त्यस्तो प्याकेज बनाउन सरकारले बिशेष ध्यान दिनुपर्छ । अहिले सिमित खर्चबाट अधिक उपलब्धि हासिल गर्नुपर्ने चुनौती हाम्रो सामु छ ।‘

‘कोभिडको खोप आउने वित्तिकै सहजै उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि निजी क्षेत्रको भूमिका आवश्यक छ भने हामी सहयोग गर्न तयार छौं । हामीले १० वर्षको भिजन पेपर बनाईरहेका छौं । त्यसको कार्यन्वयन सरकारसँगको सहकार्यमा गर्ने हो । हामीले गर्न खोजेको काममा सघाउन प्रधानमन्त्रीसँग आग्रह पनि गर्दछु । भिजन पेपर तयार भएपछि सरकारलाई बुझाउँछौं ।‘ गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुन् ।