June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

एनआईसी एशिया क्यापिटलले शुक्रवारदेखि इकाई विक्री खुला गर्ने

एनआईसी एशिया क्यापिटलले शुक्रवारदेखि इकाई विक्री खुला गर्ने

११ मंसिर, काठमाण्डौ ।


एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालनमा हुने एनआईसी एशिया डाइनमिक डेब्ट फण्डले शुक्रवारदेखि इकाई विक्री खुला गर्ने भएको छ ।
उक्त योजनाले ५ करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी बैंकले सुरक्षित गरी बाँकी रहेको ४ करोड २५ लाखमध्ये प्रथम चरणमा १ करोड २५ लाख इकाई विक्री गर्न लागेको हो ।

यो खुलामुखी योजना छिटोमा मंसिर १६ र र त्यस अवधिमा विक्री नभएमा मंसिर २६ गतेसम्म आवेदकले आवेदन गर्न सक्नेछन् । आवेदकले प्रतिइकाई रू. १० का दरले न्यूनतम १०० इकाई र अधिकतम ५० लाख इकाईसम्मका लागि आवेदन गर्न सक्नेछन् ।
नेपाल धितोपत्र बोेर्डबाट अुनमति पाएका सिआस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन गर्न सकिने कम्पनीले बताएको छ ।
उक्त योजनाले निष्कासन गर्न लागेको इकाईलाई इक्रा नेपालले इक्राएनपी बीबीबी प्लस रेटिङ प्रदान गरेको छ । यसले मध्यम जोखिम रहेको जनाउँछ ।