June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

कांग्रेसका नेता र भारतीय विदेश सचिवबीच बुढानिलकण्ठमा भेटवार्ता

कांग्रेसका नेता र भारतीय विदेश सचिवबीच बुढानिलकण्ठमा   भेटवार्ता

काठमाडौं– नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहितका काग्रेश नेताहरुसँग भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिवसीय भ्रमणका लािग काठमाडौँ आएका सचिव श्रृङ्गलाले सभापति देउवा निवास बुढानिलकण्ठमा आज साँझ भएको भेटवार्ता गरेका हुन । भेटमा उनीहरुबीच नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको थियो ।


भेटमा सभापति देउवाले काँग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको प्रजातन्त्रको संस्थागत विकासमा सदैव भारतको नैतिक समर्थन रहँदै आएको बताएका थिए ।

सभापति देउवाले दुवै मुलुकबीच सम्झौता भएका परियोजनाको शीघ्र र प्रभावकारी कार्यान्वयन हुँदा त्यसले राम्रो सन्देश जाने र दुवै देशको हित हुने विषयमा समेत छलफल भएको थियो । भेटमा दुवै मुलुकबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध निरन्तर रहिरहनुपर्ने, दुवै देशबीच बाँकी रहेका मुद्दाहरु समाधान गरेर जाँदा सम्बन्ध थप सुदृढ हुनेलगायत विषयमा पनि विचार विमर्श भएको थियो । भेटमा बरिष्ट नेता रामचन्द्र पौडेल, नेता कृणप्रसाद सिटौला, विमलेन्द्र निधी लगायतका नेता थिए ।