June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

हल्का वर्षा र हिमपातको सम्भावना

हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँः पश्चिमी वायुको प्रभावले देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का अधिकांश स्थानमा आंशिकदेखि सामान्यसम्म मौसम बदली छ ।

दिउँसो भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहनेछ । राति भने प्रदेश नं १ मा आंशिक बदली रही बाँकी मौसम सामान्यतया सफा रहनेछ ।