June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

एनएमबि बैंकको थप नयाँ शाखा बुटवलको देवीनगरमा

एनएमबि बैंकको थप नयाँ शाखा बुटवलको देवीनगरमा

१२ मंसिर, काठमाण्डौ ।


एनएमबि बैंकले बुटवलको देवीनगरमा बुधवार थप नयाँ शाखा संचालनमा ल्याएको छ । यो सँगै बैंकको १७३ औं शाखा पुगेको छ ।
हालको परिवेश र सम्बन्धित सवैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दुरी र सुरक्षाका सम्भव उपायहरु अवलम्बन गर्दै प्रदेश कार्यालयका कर्मचारी वर्ग र बैंकको केन्द्रिय कार्यालयबाट व्यवस्थापन समितिका सदस्यहरु भने भर्चुअल रुपमै उपस्थित भई उक्त शाखाको शुभारम्भ गरिएको बैंकका लुम्बिनि प्रदेश प्रमुख मोहन केसीले जानकारी दिएका छन् ।
अब लुम्बिनि प्रदेशमा बैंकको जम्मा २८ शाखाहरू पुगेका छन् ।
सेवा विस्तार रणनीतिको रूपमा नयाँ शाखाले देशैभरि सबै सेगमेण्टको वित्तीय आवश्यकतालाई पुरा गर्ने प्रयास गर्नुको साथै बैंकको उपस्थितिको आधारलाई मजबुत बनाउने विश्वास गरिएको छ ।