June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

अरुण काबेली पावरको शेयरमूल्य समायोजन

अरुण काबेली पावरको शेयरमूल्य समायोजन

१२ मंसिर, काठमाण्डौ ।
शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अरुण काबेली पावर लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले ५ दशमलव ७१ प्रतिशत बोनस शेयरको समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २५४ तोेकेको छ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीवारको अन्तिम कारोबार मूल्य रू. २६९ को आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले ५ दशमलव ७१ प्रतिशत बोनस शेयर र शून्य दशमलव २९ प्रतिशत नगद लाभांश पारित गर्न मंसिर २२ गते वार्षिक साधारण सभा बोलाएको छ ।