June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

लम्बोदर न्यौपानेलाई हिरासतमा राख्न प्रहरीले पायो अदालतको अनुमति

लम्बोदर न्यौपानेलाई हिरासतमा राख्न प्रहरीले पायो अदालतको अनुमति

१२ मंसिर, काठमाण्डौ ।


ठगी आरोपमा पक्राउ परेका नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति पाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गत मंसिर १० गते न्यौपानेलाई पक्राउ गरेको थियो ।


रामेछापको मन्थली घर भइ हाल काठमाडौं बस्दै आएका न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए । उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ । उनको नाममा मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम भएको छ ।

२ वर्षअघि न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पद छोड्नुपरेको थियो ।