June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सन्दीप लामिछानेलाई कोरोनाभाइरस संक्रमण

सन्दीप लामिछानेलाई कोरोनाभाइरस संक्रमण

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना भएको पुष्टि गरेका छन् ।

गत बुधबारबाट कोरोनाको लक्षण देखिएको बताउँदै सन्दीपले कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेनमा बसेको बताएका छन् । आाफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफू चाँडै मैदान फर्कने सन्दीपले विश्वास लिएका छन् ।